ब्रेकिंग न्युज

बाघले मारेका परिवारलाई १० लाख राहत



बर्दिया २८ मंसिर । बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ। बाघ आक्रमणमा परि ज्यान गुमाएका बर्दियाको मधुवनका ४ जना र गेरुवाका १ जना गरी ५ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

    डिभिजन वन कार्यालय बर्दियाले राष्ट्रिय वन क्षेत्रमा बाघ आक्रमणमा परी ज्यान गुमाएका मधुवन नगरपालिका क्षेत्रका ४ जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ। यस्तै बर्दियाको गेरुवामा निकुञ्जको बाघले आक्रमण गर्दा ज्यान गुमाएका व्यक्तिका परिवारलाई निकुञ्जले १० लाख रुपैयाँ राहत उपलव्ध गराएको हो ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६