प्रदेश

पानी धमिलो बनाउने माछालाई बल्छीमा पार्ने जनार्जनको उद्घोष



दाङ २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले पार्टी भन्दा ब्यक्ति माथि हुँदा अहिलेको समस्या निम्तिएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रभाकरले पार्टीमा अहिले देखिएको समस्यालाई समाधान गर्न नेतृत्वले विधि र पद्धतिलाई स्वीकार गर्नुपर्ने बताए ।‘
अहिले हाम्रो मुहान एउटा माछाले धमिलिएको छ, मुहान नै धमिलो भयो भने धारामा सुद्ध पानी जाने कुरै छैन्’, उनले भने‘ चिन्ता नगर्नुस्, मंसिर २८ को स्थायी कमिटि बैठक बस्दैछ, पानी धमिल्याउने माछालाई बल्छिमा पार्नुपर्छ ।’ विधी र पद्धति नमान्ने ब्यक्तिले पार्टी नै नमानेको बुझिने समेत उनको भनाई छ ।

    अहिले पार्टी एकतालाई भाँड्न, कमजोर बनाउन हरेक पक्षहरु सक्रिय रहेको भन्दै यो कुरा नेतृत्वले गम्भीर भएर मनन गर्नुपर्ने समेत उनको भनाई छ । उनले पार्टी भित्र आलोचना सुन्न सक्ने क्षमता पनि राख्नु पर्ने र कमजोरी स्वीकार गर्नुपर्ने समेत बताए ।अहिले नेकपाप्रति जनताले प्रश्न चिन्ह उठाएको भन्दै नेतृत्वले आचरण, व्यबहार बदल्नु पर्ने बताए । नयाँ ब्यबस्थामा पुरानो आचरण स्वीकार्य नभएको समेत उनले बताए । मुलुकमा ठूलो त्याग, तपस्या र बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै यसप्रति औला ठड्याउन कसैले पनि नपाउने बताए ।

    ‘गणतन्त्र, संघीयता जनताको अपेक्षा अनुसार आएको व्यबस्था हो’, उनले भने‘यदि यसको विरुद्धमा कसैले पनि चलखेल गर्छ, भने त्यो मान्य हुनेवाला छैन् ।’ अहिले संघीयता ब्यबस्थित भएको देख्न नचाहने तत्वहरु सल्बलाएको समेत उनको भनाई छ ।साथै उनले विकास निर्माणका कामहरु नयाँ उचाईबाट अगाडी बढाउनु पर्ने बताए । उनले भने‘विकास निर्माण मात्रात्मक भन्दा गुणात्मक हिसाबले बढाउनु पर्छ, हामी अहिले मात्रामा अल्झिएका छौं ।’ उनले मुलुकको विकास गर्नलाई विधि, पद्धतिलाई सुधार गर्नुकासाथै भ्रष्टाचार मुक्त गरेमा ५/ ७ बर्षमै समृद्ध हुने समेत बताए ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६