अर्घाखाँची २८ मंसिर । १८ वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट र ४ केरङ्गाका बासिन्दा खुशी भएका छन् ।२०५९ सालमा तत्कालीन माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएको थियो । जलेर नष्ट भएका लालपुर्जा १८ वर्षपछि नापी कार्यालय पुनः नापनक्सा गरी बल्कोटमा ६ सय ५० aघरधुरी र केरुङ्गाका एक हजार एक सय ८६ जग्गा धनीलाई लालपुर्जा वितरण सुरु भएको अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताउनुभयो ।द्वन्द्वका समयमा नक्साबिहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरिएको पनि रानाले बताउनुभयो ।
२८ मंसिर २०७७, आइतबार
प्रतिक्रिया