काठमाण्डौ २८ मंसिर । अहिले तराईका धेरैजसो ठाउँमा कुहिरो लागेको छ ।चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि तराईमा राम्रोसँग घाम लाग्ने सम्भावना छैन ।दिउँसोतिर केही ठाउँमा कुहिरो हटे पनि केही ठाउँमा भने रहने मौसमविद् पोख्रेलले बताउनुभयो । यस्तै दिउँसो प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बद्लीको सम्भावना छ ।
प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तराईमा कुहिरो तथा अरु केही ठाउँमा आंशिक बद्ली कारण बिहानीपख भिजिबिलिटी कम भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा आज एकैदिन झण्डै ४ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ ।उपत्यकामा हिजो न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएकोमा आज ५ डिग्री सेल्सियसमा झरेको छ ।








प्रतिक्रिया