रुपन्देही २९ मंसिर । भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशमा ३३ पालिकाहरु संग पहिलो चरणमै भूमि समस्या समाधान गर्न गरेको संझौतामा कपिलवस्तुका छ पालिका परेका छन् । जस अनुसार राजमार्ग क्षेत्रका बाणगंगा ,बुद्धभूमी ,शिवराज नगर पालिका परेका छन् । सिमाक्षेत्र स्थित कृष्णनगर नगरपालिकासंग पनि संझौता भएको छ । यसैगरी गाउपालिका तर्फ विजयनगर र शुद्धोधनसंग आयोगले संझौता गरेको छ । आयोगसंग भएको संझौता पश्चात एकदुइदिन भित्रै भूमी समस्या समाधान इकाई कार्यलय खोलेर काम सुचारु गर्ने कार्ययोजना रहेको बिजयनगर गाउपालिकाका अध्यक्ष गोपाल वहादुर थापाले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
यता रुपन्देहीको बुटवल उपमहानगरपालिका सहितका पालिकाले संझौता गरेका छन् । जस अनुसार लुम्बिनी प्रदेशका तराईका छ जिल्लाका तीन उपमहानगरपालिका, १७ नगरपालिका र १३ गाउँपालिकासंग कार्यसम्झौता गरेको आयोगका विज्ञ जगत देउजाले जानकारी दिनु भयो ।लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, आयोगका अध्यक्ष देवी ज्ञवाली, लुम्बिनी प्रदेश सभाका सदस्यहरुको उपस्थितिमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा सम्झौता भएको हो ।आयोगका तर्फबाट उपसचिव राजेन्द्रबहादुर अर्याल र सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतका बीचमा कार्यसम्झौता भएको हो ।
यता कपिलवस्तुवाट बाणगंगाका मेयर मंगल प्रसाद थारु ,शिवराजका मेयर नेत्रराज अधिकारी, बुद्धभूमीका केशव कुमार श्रेष्ठ कृष्णनगरका मेयर रजत प्रताप शाह , बिजय नगरगाउपालिकाका प्रमुख गोपाल वहादुर थापा र शुद्धोधनका अध्यक्ष निसार अहमद खाँकाृ उपस्थितीमा त्यहाका प्रमुख प्रशासकीय अधिकृतहरुले आयोगसंगको संझौतामा हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया