ब्रेकिंग न्युज

ट्रकमा लोड गरिएका अवैध ३४ गोरु सहित ६ जना पक्राउ ।



कपिलवस्तु मङ्सिर २९ गते । सशस्त्र प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ नन्दनगरबाट ३४ थान गोरु बरामद गरेको छ । भारतबाट डोराउँदै ल्याई बा ५ ख १३४१ नम्बरको ट्रकमा लोड गरी सर्लाही तर्फ लैजान लाग्दा पक्राउ गरिएको थियो । बि.ओ.पि. हतिहवाका सशस्त्र प्रहरी निरीक्षक सिर्जन खड्काको कमाण्डमा गएको टोलीले आज बिहान सवा ११ बजे गोरु पक्राउ गरेको थियो । 
सशस्त्र प्रहरीका अनुसार ट्रक चालक सहित ६ जना व्याक्तीलाई नियन्त्रणमा लिई बरामद गरिएका गोरु र ट्रक सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ । पक्राउ गरेका गोरुको अनुमानित मुल्य १६ लाख ७० हजार रहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताउनु भयो ।
कपिलवस्तुमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मङ्सिर २४ गते बुद्धभुमी ५ सुखलीनालाबाट ना ७ ख ३४० नम्बरको ट्रकमा १२ गोरु र १८ गाई बरामद गरेको थियो । पछिल्लो समय पशु चौपाया चोरी नियन्त्रणका लागि कपिलवस्तुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय बनेका छन् ।  

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६