ब्रेकिंग न्युज

कांग्रेसको तौलिहवामा प्रर्दशन,केन्द्रदेखि स्थानीयतह सम्म अधिनायकवाद हाबी



कपिलवस्तु २९ मंसिर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कपिलवस्तुले सरकारको जनविरोधी कामको विरोध गर्दै सोमबार तौलिहवामा वृहत विरोध प्रदर्शन गरेको छ ।  वर्तमान सरकारलाई भ्रष्टचार कुशासन र अधिनाकवादी शैलीको आरोप लगाउदै कांग्रेसले तौलिहवामा विरोध प्रदर्शन गरेको हो ।  कांग्रेसका नेता कार्यकर्ताहरुले सर्वसत्तावाद  मुर्दावाद, भ्रष्टचारी सरकार मुर्दावाद भन्ने नारा लगाउँदै  प्रशासन चोक अघि कोण सभाको आयोजना गरेका थिए ।    

 
   सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अत्तहर कमाल मुसलमानले नेपाली जनताको अथक आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक साशन व्यवस्थालाई संस्थगत गर्नुको सट्टा भ्रष्टचार कुशासन अधिनायकवादी शैली अपनाउदै दमनकारी नीति अख्तियार गर्दै अगाडि बढिरहेको बताउनु भयो  । अधिनायकवादी तरिकाले ओली सरकार अगाडि बढ्दा देशमा दिनप्रतिदिन महिला हिंसा बलात्कार भ्रष्टचारका घटना बढ्दै जानुका साथै ओलीको केन्द्रिय सर्वसत्तावाद अधिनायकवादी शैलीको सिको गरेर स्थानीय तहमा रहेका नेकपाका छोटे राजाहरुले पनि नियम कानूनलाई समेत मिचेर भ्रष्टचार गरिरहेको उहाले बताउनु भयो।


    सो अवसरमा सांसद तथा कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाहले विश्व महामारीको रुपमा सृजित कोरोनाको नाममा ओली सरकार र उनका छोटे राजाहरुको देश लेट्ने भरिलो माध्यम बनेको औल्याउनु भयो ।  आफु विगत देखि जिल्लामा भइरहेको भ्रष्टचार विसंगती र कुशासनको विरुद्ध  लड्दै आइरहेको र जनताको हित विपरित हुने कुनैपनि किसमिको सम्झौतामा आफूले आफ्नो स्वाभिमानी नबेच्ने बताउनु भयो ।
     

आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहले दुई तिहाईको सरकार भष्ट्राचारमा चुलुम्म डुबेको र जनताहरु आजित भईसकेकको बताउनु भयो  । लुम्बिनी प्रदेश सदस्य बिरेन्द्र कुमार कनौडियाले सरकार जनताको समस्या समाधान भन्दा आर्फै अल्झिएको तर्क गर्नु भयो । कार्यक्रममा पार्टी सभापति सुरेन्द्र आचार्य, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, राजेश आचार्य लगायतले मन्तब्य राख्नु भएको छ ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६