कपिलवस्तु मङ्सिर ३०
कपिलवस्तुको दक्षिणी भेगको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा रहेको जानकी माध्यमिक विद्यालय जिल्ला कै पुरानो विद्यालय मध्ये एक हो । जहाँ दैनिक जसो बाहिरी युवाहरू आएर विद्यालयमा पढ्ने किशोरी माथि दुर्व्यवहार गर्छन् । तर वालिकाले पटक पटक विद्यालय प्रशासनलाई जानकारी गराए पनि विद्यालय भने मूक दर्शक भएर बसेको छ । क्रिकेट खेल्नका लागि आउने स्थानीय उद्दण्ड शैलीका युवाहरूले विद्यालयमा पढ्ने छात्र–छात्रालाई दैनिक रूपमा समस्या पार्दै आएका छन् ।
विद्यालयको २ वर्ष अगाडी बाल बाउन्ड्री भत्किएको थियो । बाउन्ड्री भत्किए पछि विद्यालय अगाडी रहेको चौर स्थानीय युवाहरूको रमाइलो गर्ने थलो बनेको छ । त्यहाँ आउने युवाहरू क्रिकेट खेल्ने बहानामा, बाइक रेसिङ गर्ने, चुरोट खाने गर्दछन् । विद्यालयमा पढ्ने कुनै वालिका देखे भने गिज्याउने, अश्लील शब्द बोल्ने गरेको एक छात्रा बताउँछिन् । विद्यालयको अगाडी उनीहरूको जमघट हुने हुँदा विद्यालयमा आउने बालिकाहरू असुरक्षित हुँदै गएका छन् ।
बालिकाहरूले विद्यालय प्रशासन सँग जानकारी गराउँदा समेत विद्यालयले कुनै चासो दिएको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय गुप्ता , विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरी लाई बालिकाहरूले पटक पटक जानकारी गराएका थिए । विद्यालयले केही चासो नदिए पछि किशोरीहरू दुर्व्यवहार सहेर बस्दै आएका छन् । विद्यालय रहेको स्थानमा स्थानीय सरकारको कार्यालय समेत रहेको छ । इलाका प्रहरी कार्यालय ४ मिटरको दुरीमा रहेको छ । विद्यालयका एक शिक्षकका अनुसार केही दिन अगाडी खेल्न आउने युवाहरूले विद्यालय व्यवस्थापन समितिका सदस्यका छोरा सहित २ छात्रलाई कुटपिट समेत गरेका थिए ।
प्रतिक्रिया