तस्बिर सांकेतिक
कपिलवस्तु मङसिर ३०
स्थानीय सरकारले बिकास निमार्णका योजनामा बजेट विनियोजन गरेर काम लगाउने गरेको छ । तर बजेट हुँदा हुँदै पनी रकम जोगाउनका लागि उपभोक्ता समितीले चोरी गरेर काम गराएको खुलासा भएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ चंघाटमा नगरपालिकाको ५ लाख लागतमा बन्न लागेको नालीमा प्रयोगका लागि ढुंगा चोर्दै गर्दा स्थानीयले समाएका छन् ।
शुक्रवार राती ९ बजे गुडरुंग खोलाबाट ढुंगा चोरेर ल्याउदै गर्दा स्थानीय युवाले २ ट्याक्टर नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिए पछि उनीहरुले ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा खवर गरेका थिए । प्रहरी आउने थाहा पाए पछि ट्याक्टर चालकले लोड गरेको ढुंगा खोलामा अनलोड गराएका थिए । प्रहरीले लु ४ त ५७८५ र लु ४ त २३९० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिने युवाका अनुसार बुद्धभुमी नगरपालिकाको नगरस्तरीय योजना अन्र्तगत नाली निमार्णका लागि ढुंगा चोरीएको थियो । नगरपालिकाले उक्त योजनाका लागि ५ लाख रुपैया बजेट बिनियोजन समेत गरेको छ । रकम जोगाउनका लागि समितीका अध्यक्ष गीता भुसालको निर्देशनमा रातको समयमा ढुंगा चोर्न जाँदा नियन्त्रण लिएको थियो ।
ढुंगा चोर्ने ट्याक्टरका मालिकले समाउनेको बिरुद्धमा प्रहरीमा उजुरी दिए ।
ढुंगा चोर्न प्रयोग भएका ट्याक्टरका मालिक दिनानाथ अधिकारी र बुद्धीराम थारुले नियन्त्रण लिने युवाहरुका बिरुद्धमा उजुरी दिएका छन् । स्थानीय ४ युवाको नाममा ट्याक्टर तोडफोड गरेको भनी ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा जाहेरी आएको प्रहरी निरीक्षक कृष्ण रानाले बताएका छन् । उजुरी आए पछि आइतवार छलफलका लागि प्रहरीले बोलाएको एक युवा बताउछन् ।
प्रतिक्रिया