अर्थ-वाणिज्य

उद्योग बाणिज्यसंघ कपिलवस्तुको अबिधेशन तय,अध्यक्षमा ३ को चर्चा



कपिलवस्तु ३० मंसिर । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुरले यहि माघको २३ मा अधिशबेशन गर्ने भएको छ । यो संगै अवको उद्योगी ब्यावसयीको नेतृत्व कसले गर्ला ? भन्ने चर्चा शुरु भएको छ ।  यस अघिको अबिधेशनमा भएको आम सहमतिका अनुसार यसपाली पनि सहमतिवाटै नेतृत्व छनौट हुन सक्ने वताउनु हुन्छ उद्योग बाणिज्य संघका उपाध्यक्ष रुक वहादुर भुसाल । 

    अध्यक्ष उमानाथ पौडेल पनि सहमति हुनेमा आशावादी हुनुहुन्छ । आफू सर्बसहमत रुपमा अध्यक्ष भएकाले यसपाली पनि त्यसरी नै टुंगाउन उच्चतम पहल गर्ने स्पष्ट पार्नु भयो । यसअघि नै कसैलाई अध्यक्ष बनाउने भनेर पेश्कि सहमति छैन भन्दै उहाले भन्नु भयो चर्चामा रहेका मध्येवाटै नेतृत्व छनौट हुन्छ । यसपाली अध्यक्षका सबै भन्दा शक्तिशाली दावेदार पूर्व बरिष्ट उपाध्यक्ष टोपनारायण बेल्वासेलाई मानिएको छ । उहा पहिले अध्यक्ष उम्मेदवार बन्दा झिनो मतले पराजित भएको र गत अबिधेशनमा सहमति हुदा छाड्नु परेकाले यसपाली बढी संभावित अध्यक्षको रुपमा उहा रहनु भएको वताइन्छ ।  

    उद्योगी ब्यवासायीको छाता सस्थामा सर्बसहमत नेतृत्व छनौट हुन नसकेमा दलिय आधारमा प्रतिस्पर्धा  हुने गर्छ । सो आधारमा हेर्दा बेल्वासे नेकपा समर्थित रहेकाले कांग्रेस समर्थित उद्योगी ब्यवासयीले पनि नेतृत्वमा फरक प्रस्ताव ल्याउने स्थितीमा दुनिका भुसाल वा डोलकराम घिमिरे मध्ये एकलाई अघि सार्ने भरपर्दाै श्रोतको दाविछ । यता नेकपा समर्थित उद्योगी ब्यवसायी बृत्तमा भने यसपालीलाई टोपनारायण निर्विकल्प रुपमा प्रस्ताव गर्ने तयारी पुरा भएको वताइन्छ । 

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६