अन्तर्राष्ट्रिय

राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि,औपचारिकताको अन्तिम चरण पूरा



काठमाण्डौ ३० मंसिर । अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन् ।योसँगै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ । अब बाइडेनको जितले आधिकारिकता पाएको छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल मत पाउनु भएको थियो ।वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाउनु भएको थियो ।

अमेरिकी प्रणालीअनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोरल कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् । राष्ट्रपति ट्रम्पले भने चुनावी परिणाम स्वीकार गर्नु भएको छैन ।उहाँले चुनावमा धाँधली भएको आरोप लगाउँदै आउनु भएको छ । तर अदालतले यो आरोपमा कुनै सत्यता नभएको भन्दै उजुरी खारेज गरिदिएको छ ।  राष्ट्रपतिमा निर्वाचित बाइडेनले अब आउँदो जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिनु हुनेछ ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६