अर्थ-वाणिज्य

पाल्पामा व्यावसायिक फूलखेतीमा महिलाको सहभागिता



पाल्पा ३० मंसिर ।  पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूलखेतीमा लागेका छन् ।कोरोना सङ्क्रमणले गर्दा आर्थिक समस्या बढ्दो रहेका बेला पाल्पा तानसेन नगरपालिकास्थित काजीपौवामा महिला सामूहिक फूलखेतीमा जुटेका छन् । पुष्प महिला समूहद्वारा गरिएको व्यावसायिक फूलखेती अहिले सबैलाई लोभ्याउने भएको छ । तानसेन नगरपालिका–४ सिल्खानटोलकी स्थानीय बासिन्दा तथा समूहका अध्यक्ष प्रतीक्षा सिजालीले आफूहरुले पहिलोपटक व्यावसायिक फूलखेती गर्न थालेको बताउनुभयो । उहाँले निरन्तरको मेहनतले फूलखेतीमा सन्तोषजनक उपलब्धि हासिल गरेकोे बताउनुभयो ।

उहाँका अनुसार रु २० हजारको लागतमा चार रोपनी जग्गा भाडा लिई काम थालिएको र झण्डै रु ५० हजार फूलका बेर्ना बेच्दा फूलका थुँगा तथा मालाबाहेकको आम्दानी भएको छ । उहाँले अझै पनि फूलका माला बिक्री गर्न नसकिएको बताउनुभयो । आफूलाई यस व्यवसाय राम्रो लागेपछि आगामी वर्षहरुमा समेत विस्तृतरूपमा खेती गर्ने योजनाका साथ काम अघि बढेको उहाँको भनाइ थियो । विवाह तथा सरकारी, गैरसकारी कार्यालयका सभा, सम्मेलनमा मालाको माग बढ्दो छ । स्थानीय तहमा समेत फूलको मालाको माग बढेको छ तर मागअनुसार मालाको अभाव रहिरहेको उहाँले बताउनुभयो ।

तानसेन–७ काजीपौवाकी फूल व्यवसायी चमेलीदेवी श्रेष्ठले विवाह, तथा दशैँतिहारबाहेक पास्नी, जन्मदिनको अवसरमा समेत पूmलको माग बढ्दो रहेको बताउनुभयो । सयपत्री फूल दैनिक पूजा आराधनामा खपत हुन्छ । पाल्पाको भैरवस्थानको भैरवमन्दिरमा फूलको माग बढेको छ । पाल्पा–बुटबल सडकखण्डको शिद्धबाबा क्षेत्रको शिद्धबाबा मन्दिरमा दैनिक पूजा हुँदा फूलको माग बढिरहेको छ ।ग्रामीण आर्थिक विकास सङ्घ ९रेडा० पाल्पा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती थालिएको हो । कोरोना सङ्क्रमणले देशको अर्थतन्त्र कमजोर बनेको छ । नेपालीको आम्दानीको स्रोतसमेत कमजोर बनेको बेला पहिलोपटक व्यवसाय गर्नेहरुले केही मात्रामा आम्दानी र उत्पादन गर्ने सीप सिकेकामा खुशी देखिएको हो ।

मेहनत गरेको अवस्थामा कृषि पेशाबाट मनग्य आम्दानी हुने व्यवसायीको भनाइ छ । चमेलीदेवीले फूलखेतीका लागि बीउको अभाव रहेको गुनासो गर्नुभयो । फूल उत्पादनका लागि बीउ नेपाली बजारमा नपाइने र पाए पनि महङ्गो मूल्यमा खरिद गर्नुपर्ने समस्या झेल्नुपरेको उहाँको गुनासो छ । तानसेन नगरपालिकाभित्रका १० महिला फूलखेतीमा आबद्ध छन् ।पाल्पामा पाँच वर्षअघिसम्म फूलको मालाका लागि रुपन्देही जिल्लामै भर पर्नुपर्ने बाध्यता थियो । जिल्लाको बगनासकाली, माथागढी, रिब्दीकोट, तिनाउ गाउँपालिका, तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र व्यावसायिकरूपमा फूलखेती बढ्दो रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो ।फूलखेतीबाट रु ५० हजारदेखि १२ लाखसम्म आम्दानी भएको छ । कम मेहनत र लगानी गरेपछि फूलखेतीबाट प्रशस्त आम्दानी हँुदै आएको छ । सयपत्री फूलको थुँगा, माला, तथा बेर्ना गरी आम्दानी गर्ने सम्भावना रहेको विज्ञको भनाइ छ ।

पाल्पामा आगामी वर्ष फूलखेतीका लागि क्षेत्र विस्तार हुने प्रमुख अर्यालले बताउनुभयो । ज्ञान केन्द्र पाल्पाले यस खेतीको प्रवद्र्धनका लागि प्रचारप्रसार र प्राविधिक सहयोग गर्दै आएको प्रमुख अर्यालले बताउनुभयो । व्यावसायिकरूपमा फूलखेती गर्ने उन्नत जातका फूलप्रति आकर्षित भएका छन् । स्थानीयस्तरमा फूलखेती गर्नेहरु कमी छैनन् । उनीहरुले परम्परागतरूपमा दशैँतिहारका लागि मात्र फूल उत्पादन गर्दै आएको पाइन्छ । हजारी, मखमली फूलको समेत उत्पादन हँुदै आएको पाइन्छ ।जिल्लाको तिनाउ गाउँपालिकाको मस्याम, सत्यवती, कचल, कोलडाँडा क्षेत्रबाट दशैँतिहार लक्षित गरी फूलखेती हुँदै आएको स्थानीयवासी छविलाल गहतराजले बताउनुभयो । कोरोनाका कारण रोजगारी गुमाएका युवा अहिले व्यावसायिकरूपमा कृषि तथा पशुपालन र खेती आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६