लुम्बिनी

कपिलवस्तुमा जनताआवास कार्यक्रम अन्र्तगत १ सय ६८ नयाँ घर निर्माण काम शुरु



कपिलवस्तु ३० कपिलवस्तु ।  कपिलवस्तुमा जनताआवास कार्यक्रम अन्र्तगत १ सय ६८ नयाँ घर निर्माण काम शुरु भएको छ ।लुम्बिनीप्रदेश सरकारको सहयोगमा शुरु कार्यक्रमबाट गरिब विपन्नदलित, मुस्लिम, सिमान्तकृत समुदायको घर निर्माण हुने भएका छन्  ।  गत आ व मा कपिलवस्तुमा १ सय ५० ,२ कोठे पक्की घर निर्माण  भएका छन् भने यर्स  आर्थिक वर्ष ०७७\०७८ को पहिलो चरणमा  १ सय ६८ नयाँ घर निर्माण हुने भएका छन् । जनताआवास कार्यक्रम छनौट समितिका संयोजक तथा सांसद विष्णु पन्थीकाअनुसार दलित, मुस्लिम, सिमान्तकृत समुदायको घर बनाउने कार्यलाई दोेश्रो चौमासिकभित्रै घर बनाउने कार्य शुरु गरेर समय भित्रै काम सन्पन्नगर्ने लक्ष्य रहेको छ ।

 गतआ.व.देखिनै कपिलवस्तु जिल्ला भर अतिविपन्नदलित, मुस्लिम, सिमान्तकृत घरपरिवारको घर बनाउने कार्यलाई सांसद पन्थीले निकै चासोका साथ अघि बढाउनु भएको छ । जस अन्तरगत आवश्यक प्रकृया पुरा गरेर समितिले नयाँ घर बनाउने प्रकृया अघि बढाएको हो । छनौट समितिका संयोजक विष्णु पन्थीले वाणगंगा २ पिपरामानिर्माण हुने रुपाविकको घरको आइतबार शिलन्यास समेत गर्नुभएको छ । 

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६