गुल्मी ३० मंसिर । कोरोना संक्रमणका कारण गुल्मीमा थप एक जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–१ का ३६ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार क्रममा मंगलबार बिहान करिब ८ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनाल जानकारी दिए।मंसिर २५ गते उपचारका लागि गएका उनमा २६ गते कोरोना पोजेटिभ देखिएको थियो। आइसियुमा राखेर उनको उपचार भइरहेको थियो योसँगै गुल्मीमा कोरोनाबाट निधन हुनेको संख्या १३ पुगेको छ।
३० मंसिर २०७७, मंगलबार
प्रतिक्रिया