अर्थ-वाणिज्य

उखु किसानको पैसा भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने गृह मन्त्रालयको निर्णय



काठमाडौं ३० मंसिर ।  सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो।गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो।बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी हुनु भएको थियो ।बैठकले किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई पक्राउ गर्ने निर्णय भएको छ। पैसा नपाएपछि अहिले उखु किसानहरूले सडकमा आन्दोलन गरिरहेका छन्।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६