कपिलवस्तु ३० मंसिर । कपिलवस्तुमा जनताआवास कार्यक्रम अन्तर्गत १ सय ६८ नयाँ घर निर्माण काम शुरु भएको छ ।लुम्बिनीप्रदेश सरकारको सहयोगमा शुरु कार्यक्रमबाट गरिब विपन्नदलित, मुस्लिम, सिमान्तकृत समुदायको घर निर्माण हुने भएका छन् । गत आ व मा कपिलवस्तुमा १ सय ५० ,२ कोठे पक्की घर निर्माण भएका छन् भने यस आर्थिक वर्ष ०७७/७८ को पहिलो चरणमा १ सय ६८ नयाँ घर निर्माण हुने भएका छन् ।
जनताआवास कार्यक्रम छनौट समितिका संयोजक तथा सांसद विष्णु पन्थीका अनुसार दलित, मुस्लिम, सिमान्तकृत समुदायको घर बनाउने कार्यलाई दोेश्रो चौमासिकभित्रै घर बनाउने कार्य शुरु गरेर समय भित्रै काम सन्पन्नगर्ने लक्ष्य रहेको छ ।
गतआ.व.देखिनै कपिलवस्तु जिल्ला भर अति विपन्न दलित, मुस्लिम, सिमान्तकृत घरपरिवारको घर बनाउने कार्यलाई सांसद पन्थीले निकै चासोका साथ अघि बढाउनु भएको छ । जस अन्तरगत आवश्यक प्रकृया पुरा गरेर समितिले नयाँ घर बनाउने प्रकृया अघि बढाएको हो । छनौट समितिका संयोजक विष्णु पन्थीले वाणगंगा २ पिपरामा निर्माण हुने रुपाविकको घरको शिलन्यास समेत गर्नुभएको छ।
प्रतिक्रिया