तौहिलवा मंसिर ३०
न्यायमा सहजपहुंचको लागि सबै सरोकारवालाको भूमिकाअपरिहार्य रहेको यशोधरा गाउँपालिकाकाअध्यक्षगिरिजेश कुमार पाण्डेयले बताएका छन् । आज यशोधरा गाउँपालिकामा आयोजित सामुदायिक अंकपत्रको आधारमा समिक्षात्मक अन्तरसंवाद कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पाण्डेयले समाजमा रहको कुरुतीहरुलाई हटाउन तथा बिभिन्न हिंसाका प्रभावितहरुलाई सरल र सहज न्यायमा पहुंचको लागि प्रहरी, प्रशासन, जनप्रतिनिधी, बिभिन्न सामाजिक संघ संस्था, राजनैतिक दल र बिभिन्न क्लवहरुको आ—आफ्नो भूमिका अपरिहार्य रहेको बताएका हुन् ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु का प्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मीले स्थानिय स्तरमा हुने स—साना विवादहरु न्यायिक समितिले समाधान हुने हुंदा प्रहरी कार्यालयमा दुःखः नपाउन आग्रह गरे । उनले व्याक्ति आफ्नो हुने तर अपराध कसैको आफ्नो नहुने हुनाले समाजमा अपराधीलाई कसैले पनि संरक्षण गर्न नहुने र अनुशंधानको क्रममा प्रहरीलाई प्रमाण जुटाउन सहयोग गर्न समेत अुनरोध गरे ।
निरिक्षक रेग्मीले जो कोहीपनिएक्लै निर्धक्कका साथ प्रहरी कार्यालयमा आएर आफ्ना समस्या राख्न सक्ने भएको हिंसा सहेर बस्न नहुने बताए । संवादमा आफ्ना भनाईहरु राख्दै बिभिन्न बक्ताहरुले न्यायिक समितिलाई प्रभावकारी बनाउन तथा प्रहरी र नागरिक बिचको दुरीलाई कम गर्न लागि सामुदायिक अंकपत्र कार्यक्रमको निरन्तरता दिनु पर्ने बताएका छन् । कार्यक्रममा बोल्दै पत्रकार महासंघका सह सचिव शम्भु शैनीले हिंसा न्यूनीकरण, जवाफदेही बढाउन तथा प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर पार्नका लागि पालिकाका ८ वटै सामुदायिक अकंपत्र मार्फत कार्ययोजनाहरु निमार्ण गर्नु पर्ने बताए ।
शैनिले न्यायिक समितिलाई प्रभावकारी बनाउन समेत पालिकालाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्ःने अधिकांस वक्ताहरुले घटनाहरुमा राजनैतिककरण प्रहरी समुदाय बिच दुरी कायम गरेको नागरिकले सिधै प्रहरी कहाँ पुगेर समस्या राख्न सक्ने अवस्था नरहेको, पालिकाले मेलमिलामकर्ताहरुको लागि लाखौ रकम खर्च गरेता पनि मेलमिलापको वातावरण सृजर्ना नगरेको गुनासो गरेका थिए ।
युके एडको आर्थिक सहयोग, भिएसओ, ईन्टरनेश्नलअर्लटको सहकार्यमा संचालित सहज परियोजना अन्तगत मधेश मानव अधिकार गृह द्धारा आयोजित कार्यक्रममा माहुरी होमका महासचिव माया ज्ञवालीको अध्यक्षता, बसन्त बन्जाडेको संचालन र ईन्टरनेश्नल अर्लटका कविराम बाठा मगरको सहजीकरणमा सम्पन्नभएको थियो । कार्यक्रममा एक दर्जन बढि सहभागिहरुले धारणाहरु राखेकाथिए ।








प्रतिक्रिया