अर्थ-वाणिज्य

अधिबेशनको तयारीमा जुट्यो उबासंघ,सरकारसंग नीजि क्षेत्रको भरपर्दाे मध्यस्थता गर्छु:मिया



कपिलवस्तु १ पुस । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य नवनिर्वाचित जमसेद अली मियाँले सरकार र नीजि क्षेत्रको भरपर्दाे मध्यस्थता गर्न आफू लागि पर्ने वताउनु भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाद्धारा केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जमसेद अली मियाँको सम्मानमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । 

    चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका मियाले कपिलवस्तुको साखलाई जोगाईराख्न आफु प्रतिवद्ध हुने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीलाई सरकारले सम्मान दिन नसकिरहेको अवस्थामा अहिलेको निर्वाचित नेतृत्वले उद्योगी व्यवसायीको सम्मान र योगदानलाई प्रष्ट संग बताउने गरी पैरवी गर्ने बताउनुभयो । 

    मियाले ५४ वर्षको महासंघको इतिहासमा मुस्लिम समुदायबाट कार्यकारिणी सदस्यमा पहिलो पटक आफु निर्वाचित भएकाले गर्भ गर्दै यस अवसरलाई आफुले उल्लेखनीय काम गरेर देखाउने मियाले प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्मान कार्यक्रममा निर्वाचित हुनुभएका मियाँलाई धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिदै अध्यक्ष उमानाथ पौडेल, विष्णु न्यौपाने, रुकबहादुर भसाल, हुमनाथ पौडेल, छविलाल रेश्मी मगर लगाएतले कपिलवस्तको फरक पहिचान केन्द्रमा बनाउन सफल हुन शभकामना दिनुभएको थियो  । 

    यता कपिलवस्तु उद्योग वाणिज्य संघको मंगलवार सम्पन्न नियमित वैठकले आउदो माघ २३ र २४ गते अधिवेशन तथा साधारण सभा आयोजना गर्ने निर्णय संगै तयारी शुरु भएको छ । संघको साधारण सभाका लागि सदस्यता नवीकरण, नयाँ सदस्यता दर्ता, विद्यान संशोधन लगाएतका विषयमा महत्वपूर्ण निर्णय गरेको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।विधान वमोजिम संघको साधारण सभा तथा अधिवेशन आयोजना गर्न साधारण सदस्य तर्फको नविकरण, वस्तुगत तथा एशोसियट तर्फको सदस्यको आवद्धता तथा नविकरणका लागि समय सिमा तोेकेको छ । संघमा नयाँ सदस्यता साधारण तर्फ पुस ५ भित्र र बस्तुगत तथा एशोसियट्स सदस्यका लागि माघ १५ सम्म नविकरण तथा दर्ताका लागि आवश्यक शुल्क समेत तय गरेको छ । 

    महासंघको केन्द्रिय निति नियमलाई अवलम्बन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघलाई व्यवस्थित गर्न विधान संशोधनका लागि अध्यक्ष उमानाथ पौडेल संयोजक रहने गरी पूर्व अध्यक्षहरु शंकर प्रसाद आचार्य, विष्णु प्रसाद न्यौपाने, देवी प्रसाद पाण्डे,यज्ञ प्रसाद भट्टराई र कानुनी सल्लाहकार रविराज आचार्य सदस्य रहेको समिति गठन भएको महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । 

    वैठकले महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनको समिक्षा गर्दै कपिलवस्तु शाखाको भूमिका प्रभावकारी र केन्द्रिय टिममा नेतृत्वदायी जिम्मेवारी निर्वाह गरेको समिक्षा गरेको संघका प्रेस सल्लाहकार हरि अधिकारीले जानकारी दिनुभयो ।  

प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६