अर्थ-वाणिज्य

जनता आवास : लुम्विनी प्रदेश कुन जिल्लामा कतिघर बन्दैछन् यसपाली ?



दाङ १ पुस ।  दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २६७ वटा घर निर्माण हुँदै छन् ।आर्थिक रूपमा विपन्‍न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामाजिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनोट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन् ।यो कार्यक्रम अन्तर्गत रोल्पामा ११२, प्युठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् ।

    दाङमा गत आर्थिक वर्षमा छनोट भएका बबई गाउँपालिकामा २०, दंगिशरण गाउँपालिकामा १७, शान्तिनगर गाउँपालिकामा १३, तुलसीपुर उपमहानगरपालिकामा ५३, घोराही उपमहानगरपालिमा ५६, बंलाचुली गाउँपालिकामा ३६ लमही नगरपालिकामा २९ राप्ती गाउँपालिकामा १३, गढवा गाउँपालिकामा १५ र राजपुर गाउँपालिकामा २१ घर निर्माण सम्पन्‍न हुन लागेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेरबहादुर केसीले बताए ।

    उनले घर निर्माणका लागि तीन किस्ता रकमसमेत वितरण गरेको बताए ।सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्‍न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३५ हजार ५ सय अनुदान पाउने भएका छन् ।

प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६