अर्थ-वाणिज्य

उखु किसान सरकारले बोलाएको वार्तामा नजाने



काठमाण्डौ १ पुष । सरकारले बोलाएको वार्तामा नजाने उखु किसानले बताएका छन् ।उखुको भुक्तानी नपाएर आन्दोलनमा उत्रिएका उखु किसानको समस्या समाधानका लागि सरकारले वार्ताका लागि हिजो पत्र पठाएको थियो ।

तर, किसानले रकम भुक्तानीको ग्यारेन्टी नभएसम्म वार्तामा नजाने अडान लिएका छन् ।आज पनि काठमाण्डौको माइतीघर मण्डलामा ११ बजेदेखि आफ्नो आन्दोलनलाई निरन्तरता दिने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो । उहाँले पटक–पटक वार्ता गर्दै आश्वासन दिने तर, भुक्तानी नगर्ने प्रवृत्ति देखिएकाले आन्दोलन छाडेर किसानहरु वार्तामा नबस्ने बताउनुभयो ।

हिजो गृह मन्त्रालयले भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न भनेको छ भने उद्योग मन्त्रालयले कारबाही गर्ने जनाएको छ । तर, सरकारको कुरामा विश्वास नभएको भन्दै सडक संघर्षलाई निरन्तरता दिने किसानहरुले बताएका छन् ।सरकारले निश्चित मिति तोके त्यही मितिसम्म सडकमा आन्दोलन गर्ने र पैसा पाएपछि घर फर्किने वा किसानले पाउनु पर्ने रकम कुनै सरकारी कोषबाट उपलब्ध गराएर पछि उद्योगीबाट सरकारले पैसा असुल्नुपर्ने उनीहरुको शर्त छ ।

उखु किसानले गएको आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन् ।पोहोर आन्दोलन पछि रकम भुक्तानीका लागि सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले फेरि दोस्रो पटक आन्दोलन थालेका हुन् । किसानले झण्डै ८९ करोड रुपैयाँ चिनी मिलबाट भुक्तानी पाउन बाँकी रहेको दावी गरेका छन् ।

प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६