सूचना र प्रविधि

मानव विकास सूचकांकमा नेपालको उल्लेखनीय सुधार



काठमाडौं १ पुष ।  नेपालले मानव विकास सूचकांकमा उल्लेखनीय सुधार गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९यूनडीपी० ले बुधबार सार्वजनिक गरेको विश्‍वव्यापी मानव विकास प्रतिवेदन-२०२० मा नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ। युएनडिपीका अनुसार मध्यम मानव विकास भएको सूचक हो । यो सूचकसहितको प्रतिवेदन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र पूर्व अर्थमन्त्री डा। युवराज खतिवडालगायतले बुधबार सार्वजनिक गरेका छन्।

सन् २०१८ मा नेपालको सूचक ०.५९५ थियो। सूचकमा यो वृद्धिले नेपालले स्थान पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लिएको छ। अघिल्लो वर्ष नेपाल १४७ स्थानमा थियो। यो सूचकमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल छैठौं स्थानमा रहेको युएनडिपीको तथ्यांकले देखाएको छ।यो सूचक अनुसार दक्षिण एसियाली देशमा श्रीलंका ०.७८२ र माल्दिभ्स ०.७४० एचडीआई सूचकसिहत उच्च मानव विकास समूहका दक्षिण एसियाली मुलुकका माथिल्लो स्थानमा छन्।

दक्षिण एसियका यी देश विश्‍वका १८९ मध्ये ७२ र ९५ औं स्थानमा रहेका छन्। यो सूचकमा भुटान ०.६५४ सूचकसहित १२९ औं स्थानमा छ। अर्कातिर छिमेकी भारत ०.६५४ सूचकसहित १३१ औं स्थानमा हरँदा पाकिस्तान ०.५५४ सूचकसहित १५४ औं स्थानमा छ। यसलाई मध्यम मानव विकास भएको मान्‍न सकिन्छ। त्यसैगरी अफगानिस्तान ०.५११ सूचकांकसहित १६९ औं स्थानमा रहँदा न्यून मानव विकासको स्थानमा परेको छ।

नर्वे सबैभन्दा माथि 

मानव विकास सूचकांकमा विश्‍वका १८९ मुलुकमध्ये नर्वे शीर्ष स्थानमा छ। अघिल्लो वर्ष पनि पहिलो स्थानमा रहेको नर्वेको मानव विकास सूचकांक यो पटक ०.९७५ छ।नर्वेपछि ०.९५५ सूचकांकसहित आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ। स्वीटजरल्याण्ड तेस्रो र एसियातर्फ हङकङ चौथो स्थानमा रहेको छ। योसँगै मानव विकास सूचकांकमा  हङकङ एसियाली मुलुकको शीर्ष स्थानमा छ। यो सूचकमा आइसल्याण्ड छैटौँ, जर्मनी सातौँ, अष्ट्रेलिया आठौँ, नेदरल्याण्ड नवौँ र डेनमार्क दशौं स्थानमा रहेका छन्। त्यसैगरी फिनल्याण्ड र सिंगापुर बराबर नम्बरसहित ११औं स्थानमा छन्। 


प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६