अर्थ-वाणिज्य

हातमा उखु लिएर किसानहरू माइतीघर मण्डलामा प्रदर्शनमा



काठमाण्डौ  १ पुष । उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गएको शनिबार सर्लाहीबाट काठमाण्डौ आएका किसानहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइ दिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरूले बताएका छन् ।मन्त्रालयले गएको वर्ष पुस १८ गते त्यही वर्षको माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो ।

तर पनि उद्योगीहरूले एक वर्षसम्म पैसा नदिएपछि काठमाण्डौ आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन् ।बुधबार उखु किसानहरू हातमा उखु लिएर माइतीघर मण्डलामा उभिएका थिए । सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरूले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् ।उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरूलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ । तर किसानहरू भने सरकार र उद्योगीहरूबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् । उखु किसानहरूले उद्योगीहरूबाट झण्डै ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन्

प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६