अर्थ-वाणिज्य

मौसम बदली गर्दा इटा बिग्रने चिन्ता



देउखुरी  १ पुस । इटा बनाउने समयमा पानी परेर ठूलो क्षेती पु¥यापछी इटा व्इवसायीहरु अहिले पनि मौसम बदली गर्दा इटा बिग्रने चिन्तामा छन् । लामो समय लकडाउनका कारण धरासायी बनेको इटा व्यवसाय विस्तारै गती लिन थालेको समयमा मौसमको बदलीले झस्काउने गरेको इटा व्ववसायीहरु बताउँछन । छम्पाली इटा उद्योग लमहीका प्रपाइटर नरायण छम्पालीले पानीका कारण आफ्नो इटा उद्योगले गएको कात्तिक महिना सम्म २० लाख रुपियाँ बढीको क्षेती व्यहोरेका कारण मौसम बदली गर्दा फेरी इटा नष्ट हुन्छ की भन्ने चिन्ता लाग्ने गरेको बताउनुभयो । 

यस्तै न्यु राप्ती इटा उद्योगका संचालक भुपाल पाण्डेले भरखरै शुरु गर्न थालेको इटा उद्योगमा क्षेती पुगेपछी उक्त नोक्सान पुर्ती गर्न समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो शुरुवाती समयमै पानीले इटा खत्तम पा¥यो, अहिले कोइला खरिद गर्न समस्या हुन थालेको छ, मोसम बदली हुँदा चिन्ता लाग्छ । दाङ जिल्लामा चिम्नी इटा उद्योगको संख्या ३८ वटा छ । दाङका इटा उद्योगले दाङ मात्रै नभएर राप्ती अंचलका सबै जिल्लामा इटा पु¥याएका छन् । दाङ देउखुरी इटा व्यवसायी समितिका अध्यक्ष रुप प्रसाद ओलीले एउटा इटा उद्योगले एक सिजनमा मौसम खराब नभए ३५ देखी ४० लाख इटा उत्पादन गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्न्ुभयो हामीलेृ दाङ सहित पहाडी सबै जिल्लमा इटा पु¥याएका छौ । गएको चैत्र महिना देखि कात्तिक सम्म परेको पानीले दाङमा सात करोड बढीको इटा क्षेती भयो, अहिले पनि मौसम बदली गर्दा पानी परेर इटाक्षेती हुन्छ की भन्ने चिन्तामा व्यवसायीहरु छौ, उहाँले भन्नुभयो । दाङमा रहेका इटा उद्योगमा कम्तिमा १३ हजार मजदुर रहेको आँकलन इटा व्यवसायी समितिको आकलन  छ । कोरोना सङक्रमणको कारण विदेशी मजदुर आउन सकेका छैनन । अहिले स्स्थानीय मजदुरबाट काम भइरहेको छ । 

प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६