अर्थ-वाणिज्य

देखाऊ र लैजाऊको नीति,प्रदेशको अनुदान उत्पादनमा आधरीत:सांसद पाण्डे



कपिलवस्तु १ पुस ।प्रदेश सांसद दिर्घनारायण पाण्डेले कृषिक्षेत्रमा सरकारी अनुदान उत्पादनमा आधारि भएर वितरण हुने स्पष्ट पार्नु भएको छ । उहाले सरकारले अनुदान दिन्छ तर यसकालागि उत्पादनको परिमाण देखिनेगरी सार्वजनिक हुनु पर्ने वताउनु भएको छ । उहाले भन्नु भयो यसअघि अनुदान दुरुपयोग भएकाले उत्पादन देखाउन अुदान लैजाउको नीति ल्याउनु परेको हो ।  सो कार्यक्रममा अन्य वाक्ताहरुले कृषिमा आत्मानिर्भर हुनु पर्नेमा जोड दिएका छन ।

     कपिलवस्तुको महाराजगंज नगरपालिका १० हरदौनामा रहेको विराट स्मार्ट कृषि गाँउको सार्वजनिकिकरण कार्यक्रममा बोल्ने वक्ताहरुहरुले कृषिमा आत्मानिर्भर हुनु पर्ने बताएका हुन् ।लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिका सभापति समेत रहनु भएका पाण्डेले किसानहरुको हकहितका लागि प्रदेश सरकार कटिबद्ध तवरले लागेको बताउनु भयो ।  सभापति पाण्डेले किसान अघी बढे मात्र देश समृद्धी तर्फ अघी बढने बताउनु भयो ।

    उहाले कृषकको लागि सरकारले विभिन्न योजना ल्याएकोले  त्यो सदुपयोग  हुनुपर्ने वताउनु भयो । त्यस्तै उक्त कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले किसानको लागि नगरले हरपल सघाउन तयार रहेको बताउनु भयो । किसानको लागि नगरले सिचाई र पशुमा अनुदानको व्यवस्था गरेको जानकारी दिनु भयो । नगर प्रमुख कलामले नगरपालिकाले सिचाईको लागि कृषकलाई पम्पसेट अनुदान दिएको भन्दै अझै डिप बोरिगंको दिने बताउनु भयो ।
     महाराजगंज नगरपालिकाको उपप्रमुख शुभावती कुर्मीले किसानहरुको लागि नगरले विभिन्न योजना ल्याएकोले कृषकहरुले लाभ लिनु पर्ने बताउनु भयो । नगरपालिका सदैव किसानको साथमा रहेकोमा जोड दिनु भयो ।   कार्यक्रममा स्मार्ट कृषिगाउका अध्यक्ष अ‍ेम प्रकास बनियाले चालु आर्थिक बर्षमा गरिने कामको बारेमा  जानकारी गराउनु भएको थियो ।

प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६