ब्रेकिंग न्युज

चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो



काठमाण्डौ २ पुष । चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको बीबीसीले जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।

यसअघि यस्तो सफलता ४४ वर्ष अगाडि प्राप्त भएको थियो । जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ ।सन् २०१३ मा चाङ्ग–अ थ्री र गत वर्ष चाङ्ग–अ फोरसहित चीनले यसअघि दुईपटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ ।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६