अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा



काठमाडौँ २ पुुस । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उहाँलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उहाँ क्वारेन्टाइनमा बस्नु लाग्नुभएको बताइएको छ । उहाँ कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्नुहुने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुहुनेछ र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।उहाँको तत्काल गरिएको परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनुभएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६