लुम्बिनी

तराई समृद्धि विकासको आर्थिक सहयोगमा गन्धर्व समुदायलाई घरको व्यवस्था



बाँके २ पुस । बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था गरिएको छ ।नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् । पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माणको काम सकेर हस्तान्तरण समेत भएको छ । नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्र्धव बस्तिलाई नगरपालिकाकै वडा नम्बर ११ मा सारिएको हो ।

तराई समृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई उपलब्ध गराएको र दोस्रो चरणमा ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।सरकारले गन्धर्व समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । सरकारले घर बनाइदिएपछि खुसी भएको तर पहिलो चरणमा बनेका १० वटा घरको शौचालयको सेफ्टी ट्यांकी एउटै भएकाले केहि समस्या रहेको लाभग्राही बीरबहादुर गन्धर्वले बताउनुभयो । आफूहरुलाई घरको लालपूर्जा समेत उपलब्ध गराइदिए सहज हुने अर्का दलबहादुर गन्धर्वले बताउनुभयो ।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६