अर्थ-वाणिज्य

सुकुम्वासीसंग घुसखाने मालपोत प्रमुख खडका विरुद्ध भ्रष्टाचार मुद्धा



दाङ २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दाङका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्कासहित मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी, मोठफाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
   सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने क्रममा ३ लाख २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । अनुसन्धानको क्रममा सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रक्रियाका क्रममा स्थलगत सर्जमिन गर्ने काम अड्काएर सेवाग्राहीलाई घुस दिन बाध्य पारेको आरोप पत्रमा उल्लेख छ ।    
   चारैजनाको आपसी मिलोमतोमा कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि हुन आएकोले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताउनुभएको छ ।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६