ब्रेकिंग न्युज

वजनदार उपलब्धीका ९ महिना: दैनिक १लाख राजश्व संकलन र १ अभियुक्त पक्राउ



तौलिहवा ३ पुस कपिलवस्तु प्रहरीले ९ महिनामा हासिल गरेका उपलब्धी वजनदार देखिएकाछन् । दैनिक सरदर १ लाख राजश्व संकलन र १ भन्दा बढी फरार अभियुक्त पक्राउ परेका छन् । त्यस मध्येपनि  प्रहरीले पछिल्लो ६ महिनामा निकै ठुलो सफलता हासिल गर्न सफल भएको छ । कपिलवस्तु प्रहरीले पछिल्लो ६ महिनामा भन्सार छली गरेर भित्राइएको सामान वरामद र  फरार ब्यक्तिहरु प्रकाउ गर्नमा सफल भएको हो ।
   जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा भएको पत्रकार भेटघाट कार्यक्रममा सो बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले असार देखि मंसिरसम्म भन्सार छली गरी ल्याउन लागेका बिभिन्न सामानबाट ३ करोड १६ लाख १९ हजार चार सय सत्ताउन रुपैया राजस्वबाट उठेको बताउनु भयो । औषतमा यद्यपि सो रकम बिगतमा १ बर्षमा पनि उठेको थिएन ।    
   त्यस्तै ६ महिनाको अवधिमा बिभिन्न मुद्धाका १०३ जना फरार रहेका मानिसहरुलाई पनि नियन्त्रणमा लिन सफल भएको छ । उता बिभिन्न लागु औषध किनबेच तथा प्रयोग गर्ने ३९ जनालाई पनि नियन्त्रणमा लिइएको हो । साथै जिल्लामा नवराज अधिकारी प्रहरी प्रमुख भएर आएपछि मात्र ४ लाख ९५ हजार रुपैया बिभिन्न नदीजन्य पदार्थको चोरी गर्नेबाट राजस्व उठाउन सफल भएको हो ।
     भेटघाटमा बोल्दै पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले प्रहरी काम उदारणीय रहेको बताउदै यो सफलतालाई निरन्तरता दिन आग्रह गरेका छन । पत्रकार भेटघाट कार्यक्रममा दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६