साहित्य

किन थालियो बिधार्थी लक्षित ट्राफिक चकजाँच ?



दाङ ४ पुस । मंसिर अन्तिम साता लगालग तीन जना विद्यार्थीको सवारी दूर्घटनामा मृत्यु भएपछि दाङमा विद्यार्थी लक्षित सवारी चेकजाँचमा कडाई गरिएको छ । दूर्घटनामा मृत्यु भएका तीन विद्यार्थी कसैसंगपनि सवारी चालक अनुमति पत्र फेला नपरेपछि प्रहरीले बिशेष गरि प्लस टू लक्षित सेवारी चेकजाँचलाई तीव्रता दिएको हो ।
    
     लाइसेन्स विना नै मोटरसाईकल चलाउनेहरु प्रायजसो टिनएजर्स हुने गरेको पाइएपछि विद्यार्थी लक्षित बिशेष अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । मंसिर अन्तिम सातामा लाइसेन्स नभएका तीन विद्यार्थीको लगातार मोटरसाईकल दूर्घटनामा मृत्यु भएको थियो ।त्यस लगतै मंसिर ३० गतेबाट दाङ प्रहरीले ९टिनएजर्स० विद्यार्थी लक्षित चेकजाँच सुरु गरेको डिएसपी खड्काले बताए । यो चार दिनको अवधिमा ३४ जना कारवाहीमा परेका छन् । तुलसीपुर र घोराहीमा गरि २७ जना मोटरसाईकल चालक र ७ वटा स्कूटर चालकलाई कारवाही गरिएको डिएसपी खड्काले जानकारी दिए ।

     त्यसरी नियन्त्रणमा लिइएका मोटरसाईकल चालक र उनका अभिभावकलाई कार्यालयमा बोलाएर प्रहरी अधिकारी तथा ट्राफिक प्रहरीले कक्षा दिने गरिएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा ३४ जना विना लाइसेन्स सवारी चलाउनेहरु र उनीहरुका अभिभावकलाई संगै राखेर प्हरीले कक्षा लिएको छ । त्यसपछि उनीहरुलाई फेरि यस्तो गल्ति नदोह¥याउने प्रतिबद्धता गराई, आर्थिक जरिवाना गरेर मात्रै छोडिएको डिएसपी खड्काले बताए ।

     अभिभाबकलाई लाइसेन्स नपाउँदै किन छोरा छोरीलाई मोटरसाईकल/स्कूटी किनिदिएको भन्ने प्रश्न प्रहरी अधिकारीहरुले सोध्ने गरेका छन् । लाइसेन्स नपाउँदै सवारी चलाउँदा हुन सक्ने जोखिम तथा कारवाहीको बारेमा अवगत गराएपछि धेरैले अब आफ्ना छोरा छोरीले लाइसेन्स पाएपछि मात्रै चलाउन दिने प्रतिबद्धता जाहेर गरेको प्रहरी अधिकारीले बताएका छन् । सञ्तानको रहर पुरा गर्ने नाममा उनीहरुको जीवन नै जोखिममा पार्ने काम अभिभावकले गर्न नुहुने डिएसपी खड्काले बताए ।

प्रकाशित : ४ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६