बिजनेस

मालपोत कार्यलयमा नयाँ पद्धतीको शुरुवात,कर्मचारी र सेवाग्राही दुबैलाई सुविधा



चन्द्रौटा ४ पुस । नयाँ प्रविधिको अधिकतम प्रयोग गर्दै सेवालाई भरपर्दो, चुस्त र पारदर्शी बनाउने उद्देश्यले मालपोत कार्यालय चन्द्रौटामा अनलाइन सेवा सञ्चालनमा आएको छ  । भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको निति अनुरुप अब जग्गाको कुनै पनि काम गर्दा सेवाग्राहीलाई भरपर्दो, चुस्त र पारदर्शी रुपमा सेवासुविधा दिने उद्देश्यले अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो ।
    अनलाइन प्रविधिबाट सबै काम हुने भएपछि सुरक्षाको चिन्ता नहुने, अर्काको जग्गा अर्कैले किनबेच गर्न नसक्ने, सिसी क्यामेरामार्फत केन्द्रबाट नै कार्यालयको अनुगमन गर्न सकिने, एसएमसए सुविधा प्राप्त हुने जस्ता व्यवस्थाले सेवाग्राहीलाई प्रत्यक्ष फाइदा पुग्ने मालपोतका अधिकारीको दावी छ ।
    कर्मचारी अभ्यस्त नहुनु, विद्युतीय र इन्टरनेटमा आउने अवरोध जस्ता कारणले सुरुमा केही अप्ठेरो भए पनि समग्रमा यसले व्यवस्थित र भरपर्दो सेवा दिने भएकाले अनलाइन सेवा सन्चालनमा ल्याइएको मालपोत कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रकाशित : ४ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६