रुपन्देही ४ पुस । सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल नौ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड(१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य छ । तर सवारी लाइसेन्स कहिलेबाट खुल्छ भन्ने एकन नभएको यातायात व्यवस्था विभागले बताएको छ ।
विभागका माहनिर्देशक गोगनबहादुर हमाल सवारी लाइसेन्स परीक्षा खुलाउन आग्रह आउन थालेको बताए । हमालका अनुसार सबै प्रदशेबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी गराइनेछ । त्यसपछि मन्त्रालयले दिने निर्देशन अनुसार जनस्वास्थ्य मापदण्डलाई ध्यान दिँदै लाइसेन्सको परीक्षा खुला गर्ने निर्णय हुनेछ ।नयाँ लाइसेन्स र वर्ग थप्ने प्रक्रिया खुला नगरेपनि नवीकरणको काम भने गरिरहेको छ ।
प्रतिक्रिया