काठमाडौं ५ पुस। संसद विघटन गर्न सिफारिस गर्ने सरकारको निर्णयबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।मन्त्रिपरिषद्को निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक आइतबार ३ बजेका लागि बोलाइएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
५ पुस २०७७, आइतबार
प्रतिक्रिया