ब्रेकिंग न्युज

‘प्रचण्ड’सहित नेकपाका पाँच नेता खुमलटारमा भेला



काठमाडौँ ५ पुष । संसद विघटन गर्ने प्रस्ताव बोकेर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासतिर गएपछि उनीसँग असन्तुष्ट रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्य खुमलटारमा भेला भएका छन्।परिस्थिति जटिल बनेकाले आफूहरु भेला भएको खुमलटारबाट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशसञ्चारलाई जानकारी दिए। भेलामा प्रचण्ड, खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सामेल भएका हुन्।

नेता खनालले अहिले संसद विघटनको ओलीको सिफारिस राष्ट्रतिले स्वीकार गर्छिन् या गर्दिनन् भन्ने विषयलाई लिएर प्रतिपक्षा गरेको, राष्ट्रपतिले सिफारिस अनुमोदन गरेको खण्डामा उनीहरुविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेको बताए।संसद विघटन सिफारिस प्रकरणले आइतबार एक बजे प्रस्तावित नेकपा स्थायी कमिटी बैठक अन्यौलमै छ।

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६