ब्रेकिंग न्युज

संसद् विघटनपछि प्रचण्ड र नेपाल पक्षका मन्त्रीले सामूहिक राजीनामा दिने तयारी



काठमाण्डौ ५ पुष । संसद् विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । पूर्वमाओवादी पक्षका उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, श्रममन्त्री रामेश्वरराय यादव र नेता नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् । बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय सुनाएपछि मन्त्रीहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुनलगायतले विरोध गरेका थिए ।

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६