काठमाडाैं स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।भर्खरै सकिएको धुमबाराहीमा बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालक्षीय बैठकले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो। अनुशासनको कारबाही कस्तो हुने र के हुने भन्नेबारे भने खुलाइएको छैन।
यता आज प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखसँगको बैठकमा छन्। उनले उक्त बैठकमा सुरक्षा निकायका प्रमुखलाई देशको पछिल्लो राजनीतिक अवस्था र त्यसले निम्त्याउने परिस्थितिको सामना गर्न निर्देशन दिएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।
प्रतिक्रिया