ब्रेकिंग न्युज

पूर्वसभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ।आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। आजको बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ। 

पूर्वमाओवादी नेता महराले सभामुख निर्वाचित भएसँगै पार्टीको सदस्यता स्थगित गरेका थिए। महरा माथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो।

उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्। ।

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६