प्रदेश

संसद विघटन : बिप्लव समुहले देख्यो फासीवाद, राप्रपाले देख्यो भविश्य



रुपन्देही ६ पुस । प्रधानमन्त्री केपि ओलीले गरेको प्रतिनिधी सभा विघटनमा बिप्लव समुहले फासीवाद देखेको छ भने राप्रपाले भविश्य देखेको छ । दुई दलका प्रमुखद्धारा जारी विज्ञप्ती मध्ये बिप्लवले जारी गरेकोमा  भनिएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसिवादको सहारा लिएको बताएका छन्।

    आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको दाबी गरेका छन्।‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विज्ञप्तिमा भनिएको छ ।      ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्‌वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’साथै विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको प्रस्ताव समेत गरेका छन्।    

    यता राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताको ताजा जनादेश लिने कुरा प्रजातान्त्रिक भएको ठहरसहित निर्वाचनमा जानुपर्ने निर्णयमा पुगेको छ। तथापि, उसले पार्टीको औपचारिक निर्णयमा भने सो कुरा उल्लेख गरेको छैन।संसद विघटनको निर्णयसँगै आइतबार बसेको राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले यस्तो निर्णय लिएको बताइएको छ।बैठकको निर्णयबारे जानकारी दिँदै एक जना केन्द्रीय सदस्यले चुनावमा जानुपर्नेमा बैठक केन्द्रित भएको र त्यसमा तीन जनै अध्यक्षसहित पदाधिकारीको सहमति रहेको जानकारी दिए। बैठकमा अध्यक्ष कमल थापाले जनताको मन जित्ने गरी चुनावका लागि तयार हुनुपर्ने बताएका थिए। 

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६