प्रदेश

नेकपाका दुवै पक्षको आ आफ्नो पक्षका सांसदहरुको बैठक आयोजना



काठमाडौं ६ पुष । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा नेकपाका दुवै पक्षले आ आफ्नो पक्षका सांसदहरुको बैठक आयोजना गरेका छन् ।प्रधानमन्त्री केपी ओली पक्षधर सांसदहरुको बैठक विहान ९ बजेदेखि बालुवाटारमा हुँदैछ । त्यस्तै प्रचण्ड–माधव नेपाल पक्षधर सांसदहरुको भेला अपरान्ह संसद भवनमा हुने भएको छ ।प्रतिनिधिसभामा नेकपाको १७४ सिट थियो । ती मध्ये एकजना सानु सिवाको निधन भएको र समानुपातिकबाट निर्वाचित उनको ठाउँमा अर्को सदस्य निर्वाचित नहुँदै प्रतिनिधिसभा विघटन भएकाले १७३ सांसद थिए ।

प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध संसदमा लगेको अविश्वास प्रस्तावमा ९० जना सांसदको हस्ताक्षर देखाइएको छ । यद्यपी उक्त हस्ताक्षर गत असारमै अर्को प्रयोजनमा गरिएको थियो ।सांसदहरुको बैठकमा राष्ट्रियसभाका सदस्यहरु पनि सहभागी हुनेछन् ।सांसदहरुको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने बताइएको छ ।प्रचण्ड माधव नेपाल पक्षले आजै स्थायी कमिटी बैठक पनि बस्ने जनाएको छ ।भोलि केन्द्रीय कमिटी बैठकबाट केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय हुने एक स्थायी कमिटी सदस्यले बताए ।ओली पक्षले भने पार्टीका अन्य बैठक बोलाएको छैन ।

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६