पर्यटन

बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली सेना र सिकारीबीच गोली हानाहान



बर्दिया ६ पुष । बर्दिया राष्ट्रिय निकुञ्जमा गएराति निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र सिकारीबीच गोली हानाहान भएको छ । निकुञ्जको खयर भट्टीमा ५\६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाबीच गोली हानाहान भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।बर्दिया राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट झण्डै ६ किलोमिटर उत्तरपश्चिम निकुञ्जको कोर इलाकामा पर्ने गिठ्ठे खोला नजिक निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोली र हतियारधारी सिकारीहरुसँग मुठभेड हुँदा दोहोरो फायरिङ भएको निकुञ्जले जनाएको छ । 

निकुञ्जको नियमित गस्तीका क्रममा रहेका बेला सिकारीहरु वन्यजन्तुको मासु भाग लगाएर प्याक गर्दै गरेको अवस्थामा फेला पारेको सहायक संरक्षण अधिकृत असिम थापाले बताउनुभयो । ‘सिकारीहरु बन्दुकसहित थिए, सेनालाई देख्नासाथ उनीहरुले गोली चलाए, सेनाले पनि जवाफमा गोली चलायो, उनीहरु भागे’ ( थापाले भन्नुभयो । निकुञ्जको टोलीले तत्काल खोजी गर्दै जाने क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउँपालिका वडा नम्बर ३ नरसिंहकाँडाका ३४ वर्षका चक्रबहादुर विष्ट र त्यही ठाउँका २४ वर्षका गणेश तिवारी रहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक ३ थान, गोली १७ थान, बारुद २०० ग्राम, हँसिया ५ थान, गुलेली १, जाल १, वन्यजन्तुको सुकुटी अन्दाजी ७० किलो, बन्दोबस्तीको सामानलगायतका सामाग्री बरामद गरिएको छ । फरार रहेका शिकारीलाई पक्राउ गर्न खोजी कार्य भइरहेको छ ।निकुञ्जका कर्मचारीसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनालाई देख्न साथ सिकारीहरुले गोली प्रहार गरेपछि सेनाले पनि जवाफी फायर गरेको हो । दुवैतर्फ फायरिङ भएपनि कुनै मानवीय क्षति नभएको निकुञ्जको भनाइ छ ।

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६