प्रदेश

बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ : मौसमविद् कँडेल



काठमाण्डौ  ६ पुष । तराईका जिल्लामा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ । तर, यो बसस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।उहाँका अनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना नभएको उहाँको भनाइ छ । तर हुस्सु र कुहिरोका कारण चिसो भने बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद् कँडेलको सुझाव छ ।पश्चिमी वायुको प्रभावका कारण पश्चिमका केही क्षेत्रको मौसम आज बद्ली हुने अनुमान छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकामा अहिले हुस्सु लागे पनि बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।काठमाण्डौको न्यूनतम तापक्रम आज ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६