काठमाण्डौ ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल थाल्नु भएको छ । केहीबेर अघिदेखि प्रधानमन्त्री निकास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।बैठकमा प्रतिनिधिसभा भङ्ग भएपछिको अवस्था र घोषणा गरिएको मध्यावधि चुनावको विषयमा छलफल भइरहेको छ ।
ओली निकटका नेताले प्रतिनिधिसभा विघटन गर्नु बाध्यात्मक परिस्थिति भन्दै आएका छन् ।हिजो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै आउँदो वैशाख १७ र २७ गते चुनावको घोषणा गर्नु भएको थियो। प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा नेपाली कांग्रेससहित विपक्षी दल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षले आज छुट्टाछुट्टै छलफल गर्दै छन् ।
प्रतिक्रिया