काठमाडौं ६ पुस। संसद् विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ । आइतबार दुई वटा रिट प्राप्त भएकोमा सोमबार दिउँसोसम्म सात वटा आइसकेको र अझै पनि आउने क्रम चलिरहेको प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।सर्वोच्चमा आएका रिट दर्ताको लागि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो ।
प्रक्रिया पूरा भएका रिट दर्ताको प्रक्रियामा रहेको पोखरेलको भनाइ छ ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने प्रस्ताव स्वीकृत गर्नुभएको छ । यसको विरोधमा सडकमा प्रदर्शन सुरु भएको छ भने कानुन व्यवसायी र अधिकारकर्मीले सर्वोच्चमा रिट दर्ताको निवेदन दिइरहेका छन् ।








प्रतिक्रिया