लुम्बिनी

वन्यजन्तुको सुकुटी र हातहतियारसहित दुईजना पक्राउ



बर्दिया ६ पुष । बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले वन्यजन्तुको सुकुटी र हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ। सुरक्षाकर्मीको टोलीले आइतबार सुर्खेतको बराहाताल गाउँपालिका–३ नरसिहंकाडाका ३४ वर्षीय चक्रबहादुर विष्ट र २४ वर्षीय गणेश तिवारीलाई नियन्त्रणमा लिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए। उनीहरुको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, वारुद करिब २०० ग्राम, हसिया पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायतका सामग्री बरामद गरिएको छ।

शनिबार राति राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट करिब ६ किलोमिटर उत्तरपश्चिम निकुञ्जको कोर ईलाकामा पर्ने गिठ्ठे खोला नजिक निकुञ्ज कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोली र ५\६ जनाको समूहमा रहेका सिकारीबीच गोली हानाहान भएको निकुञ्ज प्रसासनले जनाएको छ। सहायक संरक्षण अधिकृत थापाका अनुसार सुरक्षाकर्मीलाई देख्न साथ तस्करहरुले गोली प्रहार गरेपछि सेनाले जवाफी फायर गरेका थिए। दुवैतर्फ फायर भए पनि कुनै मानवीय क्षति नभएको उनको भनाइ छ।

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६