प्रदेश

‘प्रचण्ड’ र नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला, बानेश्वरमा हस्ताक्षर संकलन



काठमाडौं, ६ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला बानेश्वरमा चलिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला भइरहेको एक सहभागीले जानकारी दिए । भेलामा प्रचण्ड, झलनाथ खनाल, नेपाललगायत शीर्ष नेता सहभागी छन् ।

यस अगाडि आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका हुन् । बैठकमा सहभागी सांसदहरुलाई ओलीले आफूले चालेका पछिल्ला कदमबारे जानकारी गराएका थिए ।

बानेश्वरमा हस्ताक्षर संकलन

यसैबीच संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरिरहेका छन् । नेकपाको संसदीय दलमा ८५ जनाभन्दा बढी सांसदको हस्ताक्षर संकलन गरिएको छ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको बानेश्वरस्थित संसद भवनमा भेला सुरु हुनुअघि सो हस्ताक्षर संकलन गरिएको हो।मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेपश्चात आज बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन शुरु गरेका हुन् ।

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६