ब्रेकिंग न्युज

नेकपाको स्थायी कमिटीको कारबाहीको पत्र निर्वाचन आयोगमा



काठमाण्डौ ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा पुगेको छ ।आइतबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो, त्यसको व्योहोरासहितको पत्र स्थायी कमिटीका सदस्य लिलामणि पोख्रेलले निर्वाचन आयोगमा जानकारी गराउनुभएको छ ।पत्रमा ओलीले पार्टीको निर्णय विपरीत गैरसंवैधानिक काम गरेकाले कारबाही गरिएको उल्लेख छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र यसको जानकारी ७ गते मङ्गलबार बस्ने केन्द्रीय समितिको बैठकलाई गराउने निर्णय गरेको थियो ।  

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६