पर्यटन

झाँक्रीले भनिन् हस्ताक्षर दुरुपयोग भयो



भक्तपुर ७ पुस।प्रचण्ड नेपाल समुहद्धारा सांसदको हस्ताक्षर दुरुपयोग भएको खुलासा भएको छ संसद्को विशेष अधिवेशन आह्वान गर्नका लागि संकलन गरिएको हस्ताक्षरलाई प्रधानमन्त्रीबिरुद्धको अविस्वास प्रस्तावमा प्रयोग भएपछि सांसदहरु आक्रोषि बनेका छन् ।विशेष अधिवेशनका लागि संकलन गरिएको हस्ताक्षर अविश्वासको प्रस्तावमा दुरुपयोग भएपछि उक्त रहस्य खुलेको हो।

    नेकपाकी सांसद रामकुमारी झाक्रीले संसद सचिवालयमा दर्ता भएको हस्ताक्षर संसदको विशेष अधिवेशन आह्वानका लागि संकलन गरिएको जनाएकी छन्।‘संसदको विशेष अधिवेशनका लागि हामीले हस्ताक्षर गरेका हौं, अविश्वासको प्रस्तावका लागि होइन,’ झाक्रीले न्युज २४ टेलिभिजन कार्यक्रममा भनिन्, ‘अब ठूला नेताले उता लगेर प्रयोग गरेछन्।’ उनका अनुसार सो हस्ताक्षर संकलनको प्रयोजन विशेष अधिवेसन बोलाउने थियो, अविश्वासको प्रस्ताव दर्ता गराउने थिएन।

        त्यस्तै सांसद छक्कबहादुर लामाले पनि आफ्नो हस्ताक्षर दुरुपयोग गरेको जनाएका छन। सांसद शेरबहादुर तामाङले पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्।

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६