प्रदेश

नेपालको राजनीतिक वृत्तमा तरंग पैदा,कांग्रेसलगायत दलहरुले संस्थागत धारणा तय गर्न बैठक आह्वान



काठमाण्डौ ७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएलगत्तै नेपालको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।संसद विघटनसँगै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले तिव्र विरोध भैरहेको छ । यो कदमलाई सत्तारुढ दल नेकपा र अरु दलका नेताहरुले असंवैधानिक भनिरहेका छन् । संसद विघटनको विरोधमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरुले यसबारे संस्थागत धारणा तय गर्न बैठक आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा संसद विघटनको घोषणापछि कांग्रेसको उपस्थितिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमबारे कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेका छन् । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे हिजो सर्वदलीय बैठक बोलाएर छलफल गरेको थियो । सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति शेरबहादुर देउवालाई मिलेर अगाडि बढ्न प्रस्ताव राख्नु भएको थियो । देउवाले आजको बैठकपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भएको छ । यस्तै आज जनता समाजवादी पार्टीले पनि आज छलफल गर्दै छ ।

आजको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र बैठकले विरोधका थप कार्यक्रम तय गर्ने जसपाले जनाएको छ । संसद विघटनको कदमविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको जसपाले तप कार्यक्रम तय गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज  पनि बस्दै छ ।

बिहान ११ बजे बानेश्वरमा बस्ने बैठकमा पार्टीका अध्यक्ष कमल थापा, डाक्टर प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा हिजोको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि आज छलफल हुने राप्रपाले जनाएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएको निष्कर्षसहित राप्रपाले सर्वत्र आलोचनासहितको सरकारको निरन्तरताभन्दा ताजा जनादेशमा जाने कदम चाँही स्वागतयोग्य रहेको जनाएको स्पष्ट पारिसकेको छ । यसैबारे आजको बैठकले थप निर्णय गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६