प्रदेश

संसद् सक्रिय रहेको आदेश दिन माग गर्दै नेकपाका सांसद सर्वोच्चमा ,



काठमाण्डौ ७ पुष । संसद् विघटनको निर्णय खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले संसद् विघटनको निर्णय खारेज गरेर संसद् सक्रिय रहेको आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।नेकपाका एक सय १४ जनाको नामबाट सांसद सर्वोच्च जाने तयारी भए पनि सबैको नागरिकता र हस्ताक्षर जुटाउन समय लाग्ने भएकाले चार जना मात्रै सर्वोच्चमा पुगेर रिट दर्ता गराएको नेतृ रामकुमारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते चुनाव गर्नको लागि स्वीकृति दिइसक्नुभएको छ ।संसद् विघटन गर्ने निर्णयको विरुद्धमा सर्वोच्चमा एक दर्जनभन्दा धेरै रिट दर्ता भएका छन् ।  

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६