अर्थ-वाणिज्य

पत्रकारले सहीलाई गलत भनेमा देशपछि पर्छ :अध्यक्ष आचार्य



कपिलवस्तु ७ पुस । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पत्रकारहरुले सहीलाई गलत भनेर सन्देश प्रवाह गरे देश पछि पर्ने वताउनु भएको छ । उहाले पत्रकारलाई सत्य तथ्य र निश्पक्ष तरिकाले पत्रकारीता गर्न आग्रह गर्नुभएको छ । मगंलवार पत्रकार महासंघ कपिलवस्तु शाखाको बाणगंगामा निर्माण भएको भवनको उद्धघाटन गर्दै अध्यक्ष आचार्यले पत्रकारहरुले के गलत के सहि भन्ने कुरा आम जनता सम्म पु¥याउने दायित्व पत्रकारहरुको रहेकोेले बिचलीत नहुन आग्रह गर्नुभयो । 

पछिल्लो समयमा गणतन्त्र माथि केहि हुने हो कि भन्ने चिन्ता पत्रकारहरुलाई रहेकोले संविधान बिपरित हुने कृयाकलाप  बिरुद्ध कलम चलाउनुपर्ने बताउनुभयो । पार्टिका आन्तरिक कारणले जनतालाई सजाय दिन नमिल्ने उहाँको भनाई छ । पत्रकारीता सधै जनताको पक्षमा रहने भएकोले जनताको आवाज बोल्न सबै पत्रकारहरुलाई अध्यक्ष आचार्यले आग्रह गर्नुभयो । अन्य जिल्लाको तुलनामा कपिलवस्तु जिल्लामा मिडिया बिकास देखि भौतिक संरचना बढि रहेकोले कार्यसमितिलाई धन्यवाद दिनुभयो । 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले कोरोनाका कारण अर्थतन्त्रमा परेको असले पत्रकारहरुको अवस्था जटिल बनिरहेको बताउनुभयो । देशको राजनितिक अवस्था गम्भीर बनिरहेको बेला पत्रकारहरु संयमित भएर समाचार सम्प्रेशण गर्न उहाँले आग्रह गर्नुभयो ।  

प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालले पत्रकारहरुलाई आचारसंहितको विषयमा जानकारी गराउनुभएको थियो । पछिल्लो समयमा संचारमाध्यमहरुले आचासंहिता बिपरित गरेका उजुरीहरु बढेकोले पत्रकारहरुले आफ्नो गरिमालाई ध्यानमा राख्न आग्रह गर्नुभयो । पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तुका तीन स्थानमा पत्रकार महासंघको भवन निर्माण भएको बताउनुभयो । भवन निर्माण पछि पत्रकारहरुका गतिविधि गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६